‘छक्का पन्जा’द्वारा एम्बुलेन्स सहयोग !

‘छक्का पन्जा’द्वारा एम्बुलेन्स सहयोग !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आमा सरस्वती मुभिजको ‘छक्का पन्जा’ सिनेमाद्वारा काभ्रेको पनौतीस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स वितरण गरिएको छ ।

राजधानीमा एक प्रेसमिट गरेर ‘छक्का पन्जा’ सिनेमाको तर्फबाट दीपकराज गिरी र दीपाश्री निरौलाले उक्त एम्बुलेन्स हस्तान्तरण गरे । ‘छक्का पन्जा’ बक्सअफिसमा हिट भएपछी निर्माण युनिटले त्यहाँका स्थानीयका निमित्त सहयोग पुग्ने गरि एम्बुलेन्स वितरण गर्ने घोषणा गरेको थियो । पनौती आसपासका क्षेत्रमा ‘छक्का पन्जा’ सिनेमा छायाँकन भएको थियो ।

साथै प्रेसमिटमा असोज ११ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘छक्का पन्जा २’को पहिलो गीत पनि सार्वजनिक गरियो । दीपाश्री निरौला निर्देशित सिनेमामा निर्देशक विकाश आचार्यले लगानी गरेका छन् । सिनेमामा दीपकराज गिरी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वरूप पुरुष ढकाल लगायतका कलाकारको अभिनय छ ।