करोड भ्यु पाउने नेपालकै सर्वाधिक लामो भिडियो बन्यो ‘छक्का पन्जा’ !

करोड भ्यु पाउने नेपालकै सर्वाधिक लामो भिडियो बन्यो ‘छक्का पन्जा’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली सिने उद्योगको सर्वाधिक सफल सिनेमा ‘छक्का पन्जा’लाई युट्युबमा १ करोड पटक हेरिएको छ । यो युट्युबमा १ करोड पटक हेरिने सर्वाधिक लामो भिडियो समेत बनेको छ | यो युट्युबमा सर्वाधिक हेरिने नेपाली सिनेमा हो ।

आमा सरस्वती मुभिजद्वारा निर्मित भिडियोले युट्युबमा लगातार रेकर्डहरु बनाई राखेका छन् । यसअघि ‘सुर्के थैली’ले १ करोड र २ करोड भ्युको रेकर्ड आफ्नो पक्षमा पारेको थियो ।

करिब ८ महिनाको अन्तरालमा करोड माथि हेरिएको यो सिनेमाको समयसीमा ‘सुर्के थैली’को भन्दा द्रुत हो । ‘सुर्के थैली’ले १ बर्षको समयावधिमा करोड भ्युको माइलस्टोन पहिलो पटक पार गरेको थियो । नेपाली सिनेमाको इतिहासमा ‘छक्का पन्जा’ले सर्वाधिक कलेक्सन गरेर पहिलो रेकर्ड समेत बनाएको थियो ।

दीपाश्री निरौला निर्देशित यस कमेडी सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, आर्यन सिग्देल, केदार घिमिरे, जितु नेपाल, बुद्दी तामाङ, वर्षा राउत, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय छ ।