घटस्थापनाको दिनलाई रिलिज मिती तोक्दै ‘छक्का पञ्जा ३’को ट्रेलर रिलिज (भिडियो)

घटस्थापनाको दिनलाई रिलिज मिती तोक्दै ‘छक्का पञ्जा ३’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – नेपालमा सर्वाधिक सफल सिनेमा ‘छक्का पञ्जा’ सिरिजको तेस्रो श्रृङखला ‘छक्का पञ्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा सिनेमाका प्राय मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

ट्रेलरमा कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको छ । जातिय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरुको कथा सिनेमाले बोल्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ ट्रेलरमा हाबी छन् ।

दुई गीत र पोस्टरमा प्रदर्शन मिति नराखेपनि निर्माण टिमले ट्रेलरमा सिनेमा घटस्थापनाबाट देशैभर प्रदर्शनमा आउने उल्लेख गरेको छ । अब योसँगै एकसाथ प्रदर्शनमा आउने भनिएको सिनेमा ‘जय भोले’ फूलपातीमा आउने ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा निर्माता दीपकराजले बताए ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको सिनेमालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । सिनेमामा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ ।  प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । ‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । सिनेमामा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा रहेका छन् ।