एउटै गीतमा कविराजले नचाए ११ जना कलाकार (फोटो फिचर)

एउटै गीतमा कविराजले नचाए ११ जना कलाकार (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ –  नेपाली सिनेमा उद्योगकै सर्वाधिक सफल सिनेमा ‘छक्का पञ्जा’को तेस्रो सिरिज ‘छक्का पञ्जा ३’ को यतिवेला अन्तिम चरणको छायांकन चलिरहेको छ । उक्त सिनेमाको एउटा गीतको छायाँकन अहिले काठमाडौँको गोकर्ण रिर्सोटमा भइरहेको छ । बर्षातले केहि दुःख दिएपनि गीतको छायांकन सकिएको निर्देशक दिपाश्री निरौलाले बताइन ।

डान्सिङ नम्वर गीतमा ११ जना कलाकारलाई कारियोग्राफर कविराज गहतराजले नचाएका छन् । पहिलो नम्बरमा बोलको गीतलाई गोकर्ण रिर्सोटका सार्थ नर्लिन रिर्सोटमा पनि केहि अंश खिचिएको छ ।

गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत बुद्धि तामांङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् ।

दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने स्वर डेभिड शंकर र विन्दु परियारको रहेको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले मिलेर छायांकन गरेका छन् । दशैंमा रिलिज हुने ‘छक्का पञ्जा ३’ को पहिलो नम्वर गीतलाई साउनको दोश्रो सातामा सार्वजनिक गरिने निर्माण टिमको लक्ष्य रहेको छ ।