‘छक्का पञ्जा ३’ पहिलो गीत सार्वजनिक (भिडियो)

‘छक्का पञ्जा ३’ पहिलो गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘छक्का पञ्जा ३’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतमा सिनेमाका धेरै जसो कलाकारलाई फिचर्ड गरिएको छ । गीतलाई गोकर्ण रिर्सोटका साथै नर्लिन रिर्सोटमा पनि केहि अंश खिचिएको छ ।

गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत बुद्धि तामांङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा र संजोग कोइराला नाचेका छन् । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाले शब्द लेखेका हुन् भने स्वर डेभिड शंकर र विन्दु परियारको रहेको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले मिलेर छायांकन गरेका छन् ।

दीपाश्री निरौलाले निर्देशन गरेको सिनेमालाई दीपक दीपाको प्रस्तुतीमा निमार्ण भएको छ । ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र जीतु नेपाल (मुन्द्रे) हुन् ।