बुधबारदेखि हलमा ‘छक्का पञ्जा ३’ सिगंल रिलिज

बुधबारदेखि हलमा ‘छक्का पञ्जा ३’ सिगंल रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं  – छक्का पन्जा ३’ आज बुधबारबाट देशभर प्रदर्शनमा आएको छ । दीपाश्री निरौला निर्देशित सिनेमा मल्टीप्लेक्सका अधिकाँस शोजसँगै सिंगलका सबै जसो पर्दामा प्रदर्शनरत छ । देशभर १ सय २५ बढी हल छन् । र, सबै हल ‘छक्का पन्जा ३’मय भएका छन् । ‘छक्का पन्जा’ले एतिहाँसिक व्यापार गर्ने अनुमान गरिएको छ । कमेडी सिनेमाको ट्रेन्ड सेट गर्न सफल ‘छक्का पन्जा’ले १६ करोडको व्यापार गर्दै नेपाली सिनेमा उद्योगमा सर्वाधिक कमाईको रेकर्ड राखेको थियो । त्यस्तै गत वर्ष रिलिज भएको ‘छक्का पन्जा २’ले पहिलो दिन, पहिलो विकेन्ड र पहिलो सातामा सर्वाधिक कमाईको रेकर्ड राख्न सफल भएको थियो । यी रेकर्डलाई ‘छक्का पन्जा ३’ले ब्रेक गर्ने आशा गरिएको छ ।सिनेमामा दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको सिनेमामा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् । ‘छक्का पन्जा ३’मा दीपकराज गिरीको पटकथा र संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।