‘छक्का पञ्जा ३’को ५१ औं दिनको पार्टीमा सिनेमाकर्मीको भिड !

‘छक्का पञ्जा ३’को ५१ औं दिनको पार्टीमा सिनेमाकर्मीको भिड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  ब्लकबष्टर सिनेमा ‘छक्का पञ्जा ३’ ले ५१ औ दिन पार गरेको खुसियाली सिनेमाकर्मी तथा मिडियाकर्मीसँग साटेको छ । अघिल्लो पटक झैँ यसपटक पनि निर्माण युनिटले सफलतालाई भव्यरुपमा साटेका छन् । आयोजित ‘सक्सेस पार्टी’ मा ५१ औ दिन पार गर्ने उपत्यकाका ९ हल र उपत्यका बाहिरका ४ हललाई सम्मान पत्र प्रदान गरिएको थियो भने सिनेमा युनिट र पत्रकारलाई पनि सम्मान पत्र दिईएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ दीपक र दीपालाई शुभकामना दिनुभयो ।

‘सिनेमा हेर्ने दर्शकलाई हलसम्म ल्याउने खुवी छ’ मदनले भने ‘दीपा र उनि सहितको टिमलाई अझै सफलताको कामना ।’ उनिसँगै कार्यक्रममा रहेका वरिष्ठ सिनेमाकर्मी नीर शाहले पनि दीपाको कामको प्रसंसा गरे । ‘दीपाले ह्याट्रिक गर्दै आफुलाई सफल निर्देशक बनाइसकेकी छिन’ उनले भने ‘टिमवर्कले दिने सफलताको रिजल्ट छक्का पञ्जा ३ हो ।’ यसैगरी सिनेमाका लेखक तथा कलाकार दीपकराज गिरीले नेपालमा अत्याधिक कमाउने सिनेमा नेपाली नै रहेको बताए ।

‘नेपालमा हाम्रै सिनेमाले धेरै कमाउछ’ उनले भने ‘त्यसैले हाम्रो सिनेमा प्राथमिकतामा पर्नु पर्छ ।’ निर्देशक दीपाश्री निरौला, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, बर्षा राउत , संजोग कोइराला सिनेमा युनिटको रुपमा उपस्थित थिए । यसैगरी निर्देशक अशोक शर्मा , उज्वल घिमिरे , निर्माता केशव भट्टराई , छविराज ओझा , कलाकार निर्मल शर्मा , रमेश उप्रेती , प्रशान्त ताम्राकार , रमेश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी चलचित्र विकास बोर्डका नव नियुक्त सदस्यद्वय नरेन्द्र महर्जन र दयाराम दाहाल पनि कार्यक्रममा उपस्थित थिए ।सिनेमाकर्मीको उपस्थिति देखेर दीपाले आफुले कमाएको विश्वास र माया रहेको बताइन । ‘हाम्रो कमाइ नै यहि हो सिनेमाकर्मीको माया अनि दर्शकको मायासँगै विश्वास’ उनले भनिन ।