‘छक्का पञ्जा ३’ले १३ सिनेमा घरमा मनायो ५१ औं दिन !

‘छक्का पञ्जा ३’ले १३ सिनेमा घरमा मनायो ५१ औं दिन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैंको अवसरमा रिलिज भएको सिनेमा ‘छक्का पञ्जा ३’ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । सिनेमाले मोफसल र राजधानीका करिब १३ ओटा सिनेमा घरमा ‘छक्का पञ्जा ३’ले ५१ दिन पुरा गरेको निर्देशक दिपाश्री निरौलाले बताइन् ।

मल्टी स्टारर कलाकारहरुको अभिनय रहेको सिनेमाले उपत्यकाका मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।

सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर शाह, लक्ष्मी गिरी, जयनन्द लामा, प्रियंका कार्की, संजोग कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण गरेको र दिपाश्री निरौलाले निर्देशन गरेको सिनेमा ‘छक्का पञ्जा’ले एक सय दिन र यसको दोश्रो श्रृंखलाले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो ।