‘छक्का पञ्जा ३’ले तोड्यो ‘छक्का पञ्जा’को सर्वाधिक कलेक्सनको रेकर्ड

‘छक्का पञ्जा ३’ले तोड्यो ‘छक्का पञ्जा’को सर्वाधिक कलेक्सनको रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – ‘छक्का पञ्जा’ सिरिज ‘छक्का पञ्जा ३’ले रिलिजको दिन देखि नै व्यापारमा उधुम मच्चाएको छ । यो सिनेमाले ‘छक्का पञ्जा’को सर्वाधिक ग्रस कलेक्सको रेकर्ड तोड्न सफल भएको छ । छक्का पञ्जाको लाइफ टाइम कलेक्सनको रेकर्ड ‘छक्का पञ्जा ३’ले प्रदर्शनको १७ औं दिनमा तोडेको पुष्टि दीपकराज गिरीले फेसबुक स्टाटस मार्फत गरेका छन् ।

सिनेमाका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाका अनुसार सिनेमाले प्रदर्शनको केहि दिन मै ‘छक्का पञ्जा’को लाइफ टाइम कलेक्सनलाई ‘छक्का पञ्जा ३’ उछिनेको छ । दिपक र दीपाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् – ‘छक्का पन्जा’ले १२८ दिनमा प्राप्त गरेको सफलता ‘छक्का पन्जा ३’ले १७ दिनमा नै उक्त उपलब्धी हासिल गरेको छ । वधाई सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई ।’ दिपक र दीपाले उक्त स्टाटसमा ‘छक्का पञ्जा ३’को एकिन कलेक्सन रिपोर्ट कती छ भन्ने उल्लेख गरेका छैनन् ।

‘छक्का पञ्जा ३’को पहिलो सिरिज ‘छक्का पञ्जा’ले सर्वाधिक कमाईको रकर्ड राखेको भनिएता पनि अहिलेसम्म यसले कती व्यापार गरेको थियो, भन्ने खुलेको छैन् । सिनेमाले आधिकारीक रुपमा कती व्यापार गरेको थियो भन्ने सहि रिपोर्ट न निर्माताले दिए नत बितरकले नै दिए । मिडियामा आएको रिपोर्टलाई आधार मान्ने हो भने ‘छक्का पञ्जा’ले नेपाली बक्सअफिसमा सर्वाधिक १५ देखि १७ करोडसम्मको व्यापार गरेको समाचार बाहिर आएको थियो । यदि सुपर डुपर हिट भनिएका सिनेमाले सहि बिजनेस रिपोर्ट सार्वजनिक गरेको भए अन्य सिनेमाका निर्माताले दैनिक आफ्नो सिनेमाले करोड कमाएको भन्दै केक काटेर सेलिब्रेसन गर्ने थिएनन् की ?

योसँगै नेपाली सिनेमाको इतिहासमै सर्वाधिक धेरै कमाई गर्ने सिनेमाको टप थ्रिको लिस्टमा ‘छक्का पन्जा’ सिरिजले कब्जा जमाएको छ । अझै पनि सिनेमा देशभरका अधिकांश हलमा हाउसफूलका साथ चलिरहेको छ । सिनेमा हेर्ने दर्शकले ‘छक्का पञ्जा ३’लाई मन पराएका छन् ।