बन्ने भयो ‘छक्का पन्जा ३’

बन्ने भयो ‘छक्का पन्जा ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदर्शनरत सिनेमा ‘छक्का पन्जा २’का निर्माता तथा अभिनेता दीपकराज गिरीले यसको नयाँ सिरिज घोषणा गरेका छन् ।

व्यवसायिक सुपरहिट ‘छक्का पन्जा’ सिरिजको नयाँ भाग ‘छक्का पन्जा ३’ हुनेछ । दीपकराज सहितको कमेडी टिम मह जोडीले निर्माण गर्ने ‘शत्रुगते’मा व्यस्त हुनेछ । त्यसपछी ‘छक्का पन्जा ३’को काम थालनी हुनेछ । अर्को दशैंको फुलपातीमा सिनेमा रिलिज गर्ने गरि काम अगाडी बढाउने निर्माता दीपकराज गिरीले जानकारी दिए ।

दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे सिनेमामा तेहरिने छन् । सिनेमाको लागि अन्य टिम फाईनल भैसकेका छैनन् । सिनेमालाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् ।