भदौ २९ बाट ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर’, यस्तो छ तालिका

भदौ २९ बाट ‘छक्का पन्जा २ एक्सप्रेस कमेडी टुर’, यस्तो छ तालिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असोज ११ मा रिलिज हुने प्रतिक्षित सिनेमा ‘छक्का पन्जा २’ले ‘एक्सप्रेस कमेडी टुर’को तालिका सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा सिनेमाको जम्बो टोली मोफसलका दर्शक तथा मिडियासँग सात्क्षात्कार गर्न भदौ २९ गते निक्लनेछ ।

पुर्वबाट थालनी हुने टुरमा सर्वप्रथम २९ गते दमकमा ‘छक्का पन्जा २’ले दर्शकसँग रमाईलो गर्नेछ । त्यसपछी ३० गते इटहरी, ३१ गते हेटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा ‘छक्का पन्जा २’ टिम पुग्ने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिएका छन् ।

पोखराबाट राजधानी फिर्ने ‘छक्का पन्जा २’ टिम सिनेमा रिलिज पश्चात पुन: हल रिपोर्ट बुझ्न मोफसलका बाँकी स्थानमा पुग्नेछ । कमेडी टुरमा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका प्राय सम्पूर्ण कलाकार उक्त टुरमा सहभागी हुने निर्देशक दीपाश्री निरौलाले बताइन ।

गीत/संगीत, ट्रेलर, हिट व्यानर, मल्टीस्टारर टिमका कारण ‘छक्का पन्जा २’ अहिले सर्वाधिक चर्चामा छ । ‘छक्का पन्जा’ले नेपाली बक्सअफिसमा सर्वाधिक कलेक्सन गरेका कारण यसको सिक्वेल बक्सअफिसमा पनि प्रतिक्षित छ ।