‘छक्का पन्जा २’ ट्रेलर रिलिज (भिडियो)

‘छक्का पन्जा २’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । वर्षको प्रतिक्षित सिनेमा ‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपाश्री निरौला निर्देशित सिनेमाले सस्पेन्स कमेडी कथा भन्छ ।

मल्टीस्टारर सिनेमाको ट्रेलरलाई कमेडी भन्दा पनि सस्पेन्स धेरै बनाउन खोजिएको छ । ट्रेलरमा थुप्रै कलाकारहरु प्रस्तुत गरिएकोले दर्शक अलमलमा पर्न सक्छन । सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, गौरव पहारी, केदार घिमिरे, वर्षा राउत, शिवहरी पौडेल, बुद्दी तामाङ, राजाराम पौडेल, स्वरूप पुरुष ढकाल लगायतका कलाकारको अभिनय छ ।

असोज ११ गते रिलिज हुने सिनेमामा किरण कँडेल/अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द, सामिप्यराज तिमेल्सिना/विकाश आचार्यको कथा र दीपकराज गिरीको पटकथा रहेको छ । सिनेमाका कार्यकारी निर्माता विकाश आचार्य हुन् ।