‘छक्का पन्जा २’ टिजर सार्वजनिक (भिडियो)

‘छक्का पन्जा २’ टिजर सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । छायाँकनरत सिनेमा ‘छक्का पन्जा २’को टिजर युट्युबमा रिलिज गरिएको छ । असोज ११ गते प्रदर्शन हुने सिनेमाको १ मिनेट १३ सेकेन्ड लामो टिजर यसअघि हलमा रिलिज गरिएको थियो ।

टिजरमा सिनेमाका मुख्य दुई कलाकार बुद्दी तामाङ र दीपकराज गिरि फिचरिङ छन् । विकाश आचार्यको निर्माण रहेको सिनेमालाई दीपाश्री निरौलाले निर्देशन गर्दै छन् । यो सिनेमामा दीपकराज गिरि, बुद्दी तामाङ, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, वर्षा राउत लगायतका कलाकारको अभिनय छ ।