छक्का पन्जा २: झ्याम्म झ्याम्म… गीत रिलिज (भिडियो)

छक्का पन्जा २: झ्याम्म झ्याम्म… गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स. काठमाडौँ । दीपाश्री निरौला निर्देशित सिनेमा ‘छक्का पन्जा २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘म त्यता किनारमा…’ (झ्याम्म झ्याम्म) बोलको गीतमा आस्था राउत र हरिवंश आचार्यको स्वर समावेश छ ।

गीतमा सिनेमाका कलाकार प्रियंका कार्की, बुद्दी तामाङ, विल्सनविक्रम राई र दीपकराज गिरी फिचरिङ छन् । लोक टप्पा फ्लेवरको गीतमा उत्तम सन्जेलको शब्द र किरण कँडेलको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी समावेश गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउत लगायतका कलाकारको अभिनय छ । असोज ११ गते रिलिज हुने ‘छक्का पन्जा २’का कार्यकारी निर्माता विकाश आचार्य हुन् भने, सिनेमामा दीपकराज गिरीले लगानी गरेका छन् ।