‘छक्का पन्जा २’: जर्नी सङ सार्वजनिक ! (भिडियो)

‘छक्का पन्जा २’: जर्नी सङ सार्वजनिक ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । वर्षको प्रतिक्षित सिनेमा ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक ‘ए दाजु नसमाउ…’ बोलको गीतमा केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल र स्वरुप पुरुष प्रस्तुत भएका छन् ।

प्रिन्स र अल्मोडा राना उप्रेतीले संगीत भरेको गीतमा दीपकराज गिरि र प्रिन्सको शब्द छ । गीतमा स्वर अल्मोडा राना उप्रेती र सुजाता वर्माको छ | जर्नी सङमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

दीपाश्री निरौला निर्देशित सिनेमामा केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, स्वरुप पुरुष ढकाल, प्रियंका कार्की, बुद्दी तामाङ, दीपकराज गिरि लगायतका कलाकारको अभिनय छ । सिनेमा असोज ११ गते अलनेपाल प्रदर्शन हुदैछ ।