‘छक्का पन्जा २’ले मनायो ५१ दिन, कति पुग्यो कलेक्सन ?

‘छक्का पन्जा २’ले मनायो ५१ दिन, कति पुग्यो कलेक्सन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ११ गते प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा २’ले कार्तिक ३० गते आफ्नो प्रदर्शनको गौरबमय ५१ दिन पार गरेको छ । सिनेमाले गुण, गोपी, अष्ट र बिगमा गौरबमय ५१ दिन पार गर्यो ।

गत वर्ष प्रदर्शनमा आएको ‘छक्का पन्जा’ले मल्टीप्लेक्समा पहिलो पटक ५१ दिने प्रदर्शन पार गरेर रेकर्ड राखेको थियो । प्रिक्वेलको रेकर्ड सिक्वेलले पनि आत्मसात गरेको छ । ‘छक्का पन्जा’ले केहि हलहरुमा सय दिन पनि मनाएको थियो । अब हेर्न बाँकी छ ‘छक्का पन्जा २’को जीवन कति दिनसम्म तन्किनेछ ।

५१ दिन पार गरेको उपलक्ष्यमा सिनेमाको टिमले विहिबार बिग मुभिजको प्रांगणमा सक्सेस पार्टी आयोजना गर्यो । सक्सेस पार्टीमा सिनेमाका कलाकार, प्राविधिक, स्पोन्सर, हलसंचालक लगायतलाई मायाको चिनो दिदै मिडिया सपोर्टका लागि निर्देशक दीपाश्री निरौला र निर्माता दीपकराज गिरीले धन्यवाद ज्ञापन गरे ।

निर्माण टिमको जानकारी सिनेमाले अहिलेसम्म साढे पन्ध्र करोड ग्रस कलेक्सन गरिसकेको छ । नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक ग्रसर ‘छक्का पन्जा’को कलेक्सन सोह्र करोड माथि छ । अब यी दुई सिनेमा सर्वाधिक ग्रसरको पहिलो र दोस्रो नम्बरमा छन् ।

यस सोसियल कमेडी सिनेमामा दीपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, शिवहरि पौडेल लगायत थुप्रै कमेडी कलाकारको अभिनय छ ।