दोषी पत्ता लगाउन प्रहरीमा दीपकराज गिरीले दिए निवेदन

दोषी पत्ता लगाउन प्रहरीमा दीपकराज गिरीले दिए निवेदन

द सिनेमा टाइम्स
0
Shares

निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न कृष्ण सुवेदीको आत्महत्याको विषयमा उचित छानविन गरी दोषीलाई कारबाही गर्न शनिबार महानगरिय प्रहरी वृत्त गौशलामा निवेदन दर्ता गराएका छन् । ‘उचित छानविन गरी पाउँ’ भन्ने विषयमा दर्ता गरिएको उक्त निवेदनमा लेखिएको छ, ‘सामाजिक सञ्जालहरुमा ‘छक्का पञ्जा’ फिल्मको पाइरेसी सम्बन्धी विषयलाई जोडी म ‘दीपकराज गिरी) र मेरो टिमको धम्कीको कारणले ज्यान गएको भन्ने आरोप लगाई पटक पटक विभिन्न स्थानहरुमा हाम्रो सामाजिक प्रतिष्ठा गिराउने काम भएकोले उक्त घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कानुनी कारबाही गरी पाउँ ।’

बिहिबार साँझ युरोप यात्राबाट फर्किएपछि दीपकले गौशला प्रहरी वृत्तमा विष्णु सुवेदीको आत्महत्या बारे शनिबार निवेदन दर्ता गराएका हुन् । मृतक सुवेदीको पोस्र्टमार्टको रिपोर्ट आउँन बाँकी रहेको र यदि आफ्ना कारणले उनले आत्महत्या गरेको भए आफु र आफ्नो टिमले कानुनी सँजाय बेहोर्ने दिपकले बताए । यता दीपकसँगै गौशला प्रहरी वृत्तमा पुगेकी निर्देशक दिपाश्री निरौलाले आफ्नो भाई सरहको व्यत्तिले आत्महत्या गर्दा आफुलाई निकै दुःख लागेको र आफ्नो टिमको कसैले आत्महत्या गर्न बाध्य पार्ने गाली गलौज तथा धम्की नदिएको बताइन् । गौशला प्रहरी वृत्तमा दीपक र दिपा सहित निर्माता निर्मल शर्मा, कलाकार जितु नेपाल, बुद्धि तामाङ लगायत ‘छक्का पञ्जा’ को टिम पुगेको थियो ।