‘चौका दाउ’को पहिलो गीत रिलिज

‘चौका दाउ’को पहिलो गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘चौका दाउ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार वर्षा राउत, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्तका साथमा भिमफेदी गाइजलाई फिचर्ड गरिएको छ ।

चर्चित संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा स्वर रहेको गीतमा फिमेल स्वरमा कोमलराज भण्डारीले साथ दिएकी छिन् । भने गीतको शब्द गीतकार श्रीपुरुष ढकाल र दयाराम पाण्डेले मिलेर लेखेका हुन् । ‘चौका दाउ’को कथा पनि संगीतकार बास्कोटाले नै तयार पारेका हुन् । सार्वजनिक गीतमा भिमफेदी गाइजको कोरियोग्राफी रहेको छ ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको सिनेमालाई सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।