चर्खा: मादलमा तालमा मर्कियो दीलिप र जुनुको कम्मर (भिडियो)

चर्खा: मादलमा तालमा मर्कियो दीलिप र जुनुको कम्मर (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘चर्खा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘घन घन मादल घन्कियो…’ बोलको गीत अरुण प्रदेशको ठेट मारुनी भाकामा तयार गरिएको छ । दिलिप राइमाझी र जुनु रिजाल (काफ्ले)ले कम्मर मर्काएको गीतको भिडियो धेरै कोरसका कारण सुन्दर लाग्छ ।

गीतमा जुनु रिजाल (काफ्ले) र रामचन्द्र काफ्लेको स्वर छ । गोविन्द गौतमको शब्द सृजना रहेको गीतमा विकाश चौधरीले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा दिव्य सुवेदीले छायाँकनको पाटो सम्हालेका छन् ।

गोविन्द गौतमले निर्देशन गरेको ‘चर्खा’मा सुरविना कार्की, रजनी केसी, सुशान्त कार्की, निर्जन थापा, दीलिप राइमाझी, जुनु रिजाल लगायतका कलाकारको अभिनय छ । सिनेमामा सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृष्ण खड्का, रुपेश केसीले सयुक्त लगानी गरेका छन् । सिनेमाका प्रस्तुतकर्ता भने सहदेव गौतम हुन् ।