‘चंङ्गा चेट’को शिर्ष गीत रिलिज (भिडियो)

‘चंङ्गा चेट’को शिर्ष गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चंङ्गा चेट’को नयाँ गीत सार्वजनिक गरिएको छ ।’चंङ्गा चेट…..’ बोलको शिर्ष गीतमा सिनेमाका मुख्य पात्र आयुष्मान देशराज जोशी, संदीप क्षेत्री, रविन्द्र झा, प्रिंयका कार्की लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा कोशिस क्षेत्रीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी बाल्यकालको सुखद पल सम्झिएर भावुक देखिएका छन् ।

सिनेमाको यस अघि सार्वजनिक गीत, संगीत र ट्रेलरबाट दर्शकमाझ एक प्रकारको हाइप बनाइसकेको छ । ‘चंङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन…’ बोलको गीत सिनेमा रिलिज अगावै निकै हिट भैसकेको छ । जसले गर्दा सिनेमाले उत्कृष्ट व्यापार गर्ने अपेक्षा निर्माण युनिटमा रहेको छ । सिनेमामा समावेश उक्त गीतले आजको दिनसम्म करिब १ करोड ५० बढि भ्युज बटुली सकेको छ ।

निर्माता माधव वाग्लेका अनुसार आफुले आजसम्म निर्माण गरेको सिनेमामाहरु मध्येमा ‘लुट’ पछिको उत्कृष्ट सिनेमा ‘चंङ्गा चेट’ बनेको दाबी गरे । योसँगै उनले भने – ‘सिनेमा सवै हिसाबले राम्रो हुदा हुँदै पनि रिलिजको समयमा सिनेमाका मुख्य कलाकारले प्रचार प्रसारमा साथ नदिएको गुनासो उनको छ’।

डार्क कमेडी सिनेमामा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । दिपेन्द्र के खनालले निर्देशन गरेको सिनेमालाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर निर्माण गरेका हुन् ।

सिनेमाको कथा तथा पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा निरक कँडेलको छायांकन,सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको सिनेमामा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका छ ।