‘चंङ्गा चेट’को पोस्टर रिलिज

‘चंङ्गा चेट’को पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक १६ गतेबाट रिलिज हुने सिनेमा ‘चंङ्गा चेट’ यतीवेला चर्चामा रहेको छ । सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरबाट पाएको प्रतिक्रियाले निर्माण टिम सिनेमाले उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरेको छ । सिनेमा रिलिजको एक हप्ता मात्र बाँकी रहदा निर्माण टिमले पोष्टर रिलिज गरेको छ ।सिनेमामा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतले अहिले निकै चर्चा परिचर्चा पाइरहेको छ । जसले गर्दा सिनेमा रिलिज अगावै युट्युबमा करोड बढि भ्युज पाइसकेको छ । गीतले पाएको सफलताले सिनेमाको व्यापारमा समेत सहयोग पुग्ने निर्देशक दिपेन्द्र के खनाल बुझाई रहेको छ । कमेडी शैलीमा तयार पारिएको पोस्टरमा सिनेमाका अधिकांश लिड कलाकारलाई स्थान दिइएको छ । एक पोस्टरमा भने सिनेमाक मुख्य चार पात्रलाई अपराधीको रुपमा उभ्याइएको छ ।

सिनेमाको कथा अनुसार पोस्टर तयार पारिएको निर्देशक खनाल बताउँछन् । डार्क कमेडी सिनेमामा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर सिनेमा निर्माण गरेका हुन् ।सिनेमाको कथा तथा पठकथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा निरक कँडेलको छायांकन,सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको सिनेमामा निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका छ ।