‘चङ्गाचेट’का लागी दीपेन्द्र २५ लाखमा अनुबन्धित

‘चङ्गाचेट’का लागी दीपेन्द्र २५ लाखमा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माधव वाग्लेले निर्माण गर्ने नयाँ सिनेमा ‘चङ्गाचेट’का लागी निर्देशक दीपेन्द्र के खनाल २५ लाख पारिश्रमिकमा अनुबन्धित भएका छन् । सिनेमाको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् l

यसअघि यहिँ सिनेमाका लागी खनाल महँगो पारिश्रमिकमा अनुबन्ध भएको खबर बाहिरिएको थियो । तर, कति पारिश्रमिक भन्ने खुलेको थिएन । द सिनेमा टाइम्सलाई स्रोतले खनालको पारिश्रमिकको बारेमा जानकारी दियो ।

चैत १ गतेबाट छायाँकनमा जाने सिनेमालाई निरज कँडेलले खिच्नेछन् । ‘चङ्गाचेट’मा आयुषमान देशराज जोशी, ऋचा शर्मा, अर्पण थापा, रविन्द्र झा मुख्य भूमिकामा फाईनल भैसकेका छन् । कमेडी जानरामा निर्माण हुने सिनेमालाई आगामी भदौमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ । काठमाडौँ, जनकपुर र पोखरामा खिचिने सिनेमालाई पहिलो पटक ‘रेड ८ के’ क्यामराले खिचिनेछ । ‘चङ्गाचेट’मा  राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत रहनेछ ।