मल्टीस्टारर सिनेमा ‘चंङ्गा चेट’को ट्रेलर रिलिज

मल्टीस्टारर सिनेमा ‘चंङ्गा चेट’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनमा टाइम्स काठमाडौं – कात्तिक १६ गते रिलिज हुने सिनेमा ‘चंङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । डार्क कमेडी कथामा निर्माण भएको सिनेमाको ट्रेलरमा प्राय कलाकारलाई स्थान दिइएको छ ।

प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । भने सिनेमामा माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर लगानी गरेका छन् । सिनेमा यसअघि सार्वजनिक दुई गीत ‘गोजीमा दाम छैन’ र ‘ढल्की ढल्की’ बोलको गीतले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेको निमार्ण टिमले सार्वजनिक ट्रेलरबाट पनि दर्शकको सकारात्मक प्रतिक्रिया पाउनेमा ढुक्क छ ।

‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

सिनेमामा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको डिओपी, सुर्य थोकरको द्धन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।