‘चङ्गा चेट’को दोस्रो गीत ‘ढल्की ढल्की नाचन’ रिलिज

‘चङ्गा चेट’को दोस्रो गीत ‘ढल्की ढल्की नाचन’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक १६ गते रिलिज हुने सिनेमा चङ्गा चेटको दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘ढल्की ढल्की नाचन……’ बोलको गीतमा सिनेमाका मुख्य पात्र प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्तलाई फिचर्ड गरिएको छ । केहि दिन पहिले सार्वजनिक गरिएको गीत ‘गोजीमा दाम छैन…..’ गीतले छोटो समयमा पाएको सफलताबाट उत्साहित हुँदै निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको यो गीतलाई पनि दर्शकले रुचाउने अपेक्क्षा निर्माण टिमलाई छ ।

राजेन्द्र भट्ट (मिस्टर आजे)को संगीत रहेको गीतको शब्द हरिहर तिमिल्सेनाले लेखेका हुन्, भने सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती स्वर तथा मिस्टर आरजेले र्याप गाएका छन् । निर्माता माधव वाग्लेका अनुसार आफुले सिनेमा निर्माणमा निकै मेहनत गरेकोले सिनेमाले राम्रो व्यापार गर्नेमा ढुक्क रहेको बताए ।

प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर निर्माण गरेको सिनेमाका गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । प्रदिप भारद्धाजको कथा लेखन रहेको सिनेमामा दिर्घ खड्काको सम्पादन, नवराज उप्रतीको छायांकन, निरज कँडेलको डिओपी रहेको छ ।

‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्तका अलवा शिशिर वाङ्देल, अपर्ण थापा, माओत्से गुरुङ, सरिता गिरी, पुष्कर गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।