‘चंङ्गा चेट’को गोजीमा दाम छैनलाई करोड भ्युज !

‘चंङ्गा चेट’को गोजीमा दाम छैनलाई करोड भ्युज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कार्तिक १६ गते रिलिज हुने ‘चंङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतले सिनेमा रिलिज अगावै युटुबमा १ करोड भ्युज बटुल्न सफल भएको छ । दिपेन्द्र के खनाल निर्देशित सिनेमालाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर निर्माण गरेका हुन् । सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण युनिट सिनेमा सफल हुनेमा ढुक्क देखिन्छ ।

सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरबाट दर्शक माझ एक प्रकारको हाइप बनाइ सकेको छ । पछिल्लो समय सिनेमाको व्यापारमा गीत संगीतले पनि निकै फरक पार्ने गरेको छ । ‘गोजीमा दाम छैन’ गीतमा अहिलेमा चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको छ । भने उनलाई फिमेल स्वरमा मेलिना राईले साथ दिएकी छन् ।

‘चंङ्गा चेट’को उक्त गीतमा मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीलाई फिचरिङ गरिएको छ । सिनेमाको ट्रेलरलाई पनि रुचाइएको छ । नेपाली सिनेमाका गीत संगीतले अहिले नेपाली बजार कब्जा गरेका छन् । सिनेमालाई पूर्ण रुपमा कमेडी कथामा तयार पारिएको छ ।