‘चंङ्गा चेट’को अफिसियल पोस्टर रिलिज

‘चंङ्गा चेट’को अफिसियल पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – कात्तिक १६ गतेबाट रिलिज हुने सिनेमा ‘चंङ्गा चेट’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दिपेन्द्र के खनालले नयाँ कन्सेप्टमा सिनेमाको थिम अनुसार पोस्टर तयार गरिएको बताए । अबको केहि दिनमा सिनेमाको ट्रेलर सार्वजनिक गरिने निर्माण युनिटको भनाई छ ।

आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्री र शिशिर बाङदेलको प्रमुख भूमिका रहेको सिनेमाको ‘गोजीमा दाम छैन’ गीतलाई यूट्युबमा ९० लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

सिनेमाको ‘ढल्की ढल्की’ बोलको गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दुई गीतले सिनेमाको राम्रो हाइप निर्माण गरेकोमा निर्माता र निर्देशक उत्साहित देखिएका छन् । डार्क कमेडी बताइएको सिनेमालाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । सिनेमाको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका सिनेमामा रहेको छ ।