नेपालमा राम्रो व्यापार गरेको ‘चङ्गा चेट’को विदेशमा उच्च माग !

नेपालमा राम्रो व्यापार गरेको ‘चङ्गा चेट’को विदेशमा उच्च माग !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक १६ गतेबाट रिलिज भएको सिनेमा ‘चङ्गा चेट’ले नेपालमा सुखद व्यापार गरे पश्चात विदेश माग बढिरहेको छ । पहिलो हप्ता आशातीत व्यापार नगरेको सिनेमाले दोस्रो हप्ताबाट उत्कृष्ट व्यापार गरेको थियो । निर्देशक दिपेन्द्र के खनालका अनुसार सिनेमाले नेपालको व्यापार छोडेर विदेशबाट करिब ६० लाख माथीको ब्यापार गरेको बताए ।

डार्क कमेडी कथामा निर्माण भएको ‘चङ्गा’चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतका कारण पनि सिनेमाको माग विदेशमा उच्च रहेको निर्माता माधव वाग्लेले सुनाए । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको सिनेमामा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ ।

सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीको मुख्य भूमिका छ । निर्देशक खनालका अनुसार अमेरिकाको १५ राज्यमा यो सिनेमा विक्री भैसकेको छ ।

यस्तै, जापान, दक्षिण कोरिया, हङकङ र यूरोपमा पनि सिनेमा विक्री भैसकेको छ । अन्य देशका लागि पनि कुरा भैरहेको उनले बताए । नेपालमा पहिलो साता सामान्य व्यापार गरेको सिनेमाको व्यापार दोश्रो साताबाट उकालिएको थियो ।