बाबु कान्छा: ‘चन्द्रमा झैं राम्री छौं’ रिमेक रिलिज (भिडियो)

बाबु कान्छा: ‘चन्द्रमा झैं राम्री छौं’ रिमेक रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सोभित बस्नेत निर्देशित सिनेमा ‘बाबु कान्छा’को पहिलो गीत सार्वजनिक गरिएको छ । दशक अधिको हिट गीत ‘चन्द्रमा झैं राम्री छौं’ बोलको रिमेकमा सलोन बस्नेत, ऋतिक शाही, करिश्मा श्रेष्ठ लगायतका कलाकार फिचरिङ छन् ।

लक्ष्मण शेष  र टंक बुढाथोकीको संगीत रहेको गीतलाई ओम सुनारले रिमिक्स गरेका हुन् । यो गीत सोभित बस्नेत निर्देशित हिट सिनेमा ‘कर्णवीर’बाट निकालिएको हो । दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी रहेको गीतमा सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर छ ।

मङ्सिर १५ लाई रिलिज मिति तय गरिएको सिनेमालाई सलोन सलिना फिल्मसको व्यानरमा सोभित बस्नेतले नै निर्माण गरेका हुन् । ‘बाबु कान्छा’को कार्यकारी निर्मातामा भने रवी अधिकारी रहेका छन् । सिनेमामा सलोन, ऋतिक र करिश्माका अलावा सरोज खनाल, निर शाह, राजाराम पौडेल, लय संग्रौला, पौडेल लगायतका कलाकारको अभिनय छ । सिनेमामा एसलिन ज्ञवाली र ज्योत्सना महर्जन नव-प्रस्तुतिको रुपमा रहेका छन् ।

‘बाबु कान्छा’मा बाबु श्रेष्ठको छायाँकन, गौतमराज खड्काको सम्पादन, गणेश बर्तौला/आर जे प्रणवको सहायक निर्देशन छ ।