चलचित्र पत्रकारिता सम्मान डा: लम्साललाई, सुवेदी, पौडेल र राउतलाई पुरस्कार

चलचित्र पत्रकारिता सम्मान डा: लम्साललाई, सुवेदी, पौडेल र राउतलाई पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले रेडियो नेपालमा कार्यरत डा: नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान गर्ने भएको छ । लामो समय देखि चलचित्र क्षेत्रमा पुर्याएको योगदान स्वरूप लम्साललाई सम्मान गर्न लागिएको बताइएको छ ।

शुक्रबार बसेको बैठकले अनलाइनखबर डटकमका रंगपत्रकार विजय आवाज सुवेदी र सगरमाथा टेलीभिजनमा कार्यरत पारस पौडेललाई चलचित्र पत्रकार पुरस्कार प्रदान गर्ने भएको छ । त्यस्तै पहिलोपोस्ट डटकममा कार्यरत स्वेच्छा राउतलाई पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको बताईएको छ ।

चलचित्र पत्रकारिता पुरस्कारस्वरूप २१ हजार नगत सहित ताम्रपत्र र ट्रफीद्वारा विजय आवाज सुवेदी र पारस पौडेललाई सम्मान गरिनेछ । त्यस्तै प्रोत्साहन पुरस्कार अन्तरगत स्वेच्छा राउतलाई एक थान ल्यापटपसहित ताम्रपत्र र ट्रफीद्वारा सम्मान गरिनेछ । पत्रकारिता पुरस्कारको राशी १५ हजारबाट २१ हजारमा बढाईएको छ ।

आगामी जेठ ७ मा हुन गईरहेको १८ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान हुनेछ ।

सम्मानित र पुरस्कृत सबैलाई ‘द सिनेमा टाइम्स डटकम’को तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौ ।