१८औ चलचित्र पत्रकारिता दिवस: चार पत्रकार सम्मानित

१८औ चलचित्र पत्रकारिता दिवस: चार पत्रकार सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र पत्रकारिता दिवसको १८औं वार्षिकोत्सव राजधानीमा एक कार्यक्रमका बीच समापन भएको छ । १८ बर्ष अघि आजकै दिन फिल्म सम्बन्धी कलम चलाउने पत्रकारहरु मिलेर संघको स्थापना गरेका थिए ।

वार्षिकोत्सवकै अवसर पारेर चार चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार पनि दिइयो । कार्यक्रममा रेडियो नेपालमा कार्यरत डा: नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान, अनलाइनखबर डटकमका रंगपत्रकार विजय आवाज सुवेदी र सगरमाथा टेलीभिजनमा कार्यरत पारस पौडेललाई चलचित्र पत्रकार पुरस्कार र पहिलोपोस्ट डटकममा कार्यरत स्वेच्छा राउतलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरियो ।

विजय आवाज सुवेदी र पारस पौडेललाई ताम्रपत्र, ट्रफी र नगद २१ हजार प्रदान गरियो । साथै स्वेच्छा राउतलाई  एक थान ल्यापटपसहित ताम्रपत्र र ट्रफीद् प्रदान गरियो ।