ट्रेलरमा अपराधिक ‘चक्कर’

ट्रेलरमा अपराधिक ‘चक्कर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अपराधिक विषयबस्तुलाई समेटेको सिनेमा ‘चक्कर’को ट्रेलर तथा फस्टलूक पोस्टर सार्वजनिक भएको छ । केहि दिन अगाडी निर्माण पक्षले राजधानीमा प्रेसमिट गरि सिनेमाको ट्रेलर रिलिज गरेको थियो ।

अनुष्का रौनियार निर्देशित सिनेमा बनिरहेका/चलिरहेका सिनेमा भन्दा भिन्न लाग्छ । सिनेमामा अर्पण थापा, एभोनराज उप्रेती, सिर्जना सुब्बा, ऋचा शर्मा, भोलाराज सापकोटा र स्मृति पोखरेलको अभिनय छ। सिनेमामा संगम पन्त र पुष्पका पलाञ्चोकेको संगीत, अनुष्क रौनियारको सम्पादन, रविन आचार्यको निर्माण तथा छायांकन छ।

साउन ४ गते रिलिज हुने सिनेमामा अर्पण र ऋचा प्रहरीको भूमिकामा देखिएका छन् । भने, ‘लूट’ फेम अभिनेत्री सृजनालाई पनि भिन्न भूमिकामा देख्न सकिन्छ ।