सेलेब्रेटी नजरमा कस्तो हुनुपर्छ ‘जेन्टलम्यान’ ? (भिडियो)

सेलेब्रेटी नजरमा कस्तो हुनुपर्छ ‘जेन्टलम्यान’ ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ ३० गतेबाट रिलिज हुन् लागेको सिनेमा ‘जोनी जेन्टलम्यान’ पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । नितिन चन्द निर्देशित सिनेमामा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ ।

एक्सन लभस्टोरी सिनेमामा पल माया प्रेमकै लागि ‘जेन्टलम्यान’ बन्छन । नेपालीमा ‘जेन्टलम्यान’ भनेको भद्र, भलादमी र सभ्य मान्छे भन्ने बुझिन्छ । तर, अनेक थरीका मान्छेले ‘जेन्टलम्यान’को बारेमा फरक फरक धारणा व्यक्त गर्ने गरेका छन् ।

यसै विच ‘जोनी जेन्टल’म्यान टिमले नेपालमा ख्याती प्राप्त सेलेब्रेटीसँग ‘जेन्टलम्यान’को अर्थ बुझ्न खोजेको छ । ‘जेन्टलम्यान’ के हो र कस्तो हुनु पर्छ भन्ने प्रश्नमा विभिन्न क्षेत्रका प्रसिद्द व्यक्तिहरुले आ-आफ्नो धारणा व्यक्त गरेका छन् ।

समृद्दी रिजाल ‘समाचार वाचिका’ कान्तिपुर टेलिभिजन:-

सुखमा नआत्तिने, दुखमा नमात्तिने, नारीलाई सम्मान गर्न जान्ने मान्छे नै समृद्दीको लागि ‘जेन्टलम्यान’ हो ।

सुरज थापा ‘टप ६ प्रतियोगी’ नेपाल आइडल:-

कला संगीत मान्छेको जीवन हो । कला संगीतलाई सम्मान गर्ने र बुझ्ने जो कोहि पनि हुनु हुन्छ । उहाँ ‘जेन्टलम्यान’ हो ।

अर्पण शर्मा ‘मेमोरी किंग’ गिनिज बुक रेकर्ड:-

एउटा ‘प्रफेक्ट’ व्यक्ति । जसले सभ्य, शिष्ट भएर आफु, परिवार, समाज र देशको निम्ति राम्रो सोच्न सक्छ ।

अब्दुस मिया ‘युवा नेता एवं सोसियल वोर्कर’

‘जेटलम्यान त्यो व्यक्ति हो जसले, आफ्नो जिम्मेवारी सोच्न सक्छ, चिन्न सक्छ र पुरा गर्न सक्छ ।’ त्यो ‘जेन्टलम्यान’ हो ।

कमल खत्री ‘गायक’:-

बाहिर रुपमा मात्र नभएर जो मन र दिमाग देखि राम्रो छ उ नै ‘जेन्टल म्यान’ हो ।

गुणराज लुइँटेल ‘वरिष्ट पत्रकार तथा नगारिक दैनिकका प्रधान सम्पादक’:-

समाजको एउटा प्रभुत्व व्यक्तिले समाजमा न्याय पालना गर्ने, आचारसंहिता पालना गर्ने र समाजलाई सु-सुचित गर्न सक्ने मान्छे नै ‘जेन्टलम्यान’ हो ।

भरत सिटौला ‘गायक’:- 

खासमा ‘जेन्टलम्यान’ म जस्तै हुनु पर्छ, झुटो नबोल्ने, कसैको कुभलो नचिताउने, जीवनको आरोह-अवरोह हाँसी खुसि जीउन सक्ने नै ‘जेन्टलम्यान’ हो ।

रुपेश श्रेष्ठ ‘प्रस्तोता तथा मिडिया प्रशिक्षक’:-

अरुको भावना, विचार, आइडिया, यो खालको कुरालाई सम्मान गर्ने ‘जेन्टलम्यान’ हो ।

एड्रिन प्रधान ‘गायक’:-

नम्र मन भएको मान्छे ‘जेन्टलम्यान’

कालीप्रसाद बाँस्कोटा ‘संगीतकार/गायक’:-

आफ्नो काम जिम्मेवारी पुर्वक पुर्ने मान्छे ‘जेन्टलम्यान’ हो ।

शरद भेस्वाकर ‘क्रिकेटर (ब्याट्सम्यान)’:-

आफ्नो लाइफ प्रतिको बफादारी मान्छे मेरो लागि ‘जेन्टलम्यान’ हो ।

अन्जु पन्त ‘गायिका’:-

देख्नमा पनि ‘जेन्टल’ होस्, लावाई, खावाईमा ‘जेन्टल’ तर सिम्पल, मिठो बोलि भएको, हिर्दय ठुलो भएको मान्छे नै ‘जेन्टलम्यान’ ।

ज्ञानेन्द्र मल्ल ‘नेपाली क्रिकेट टिमका उपकप्तान’:-

‘जेन्टलम्यान’ भन्नाले अनुसासनमा बस्ने मर्यादित पुरुषलाई बुझ्नु पर्छ ।

गगन थापा ‘नेपाली काँग्रेसका युवा नेता’:-

कुनै पनि काम, चाहे त्यो ठुलो होस् या सानो, समाजमा सकारात्मक परिवर्तन, रुपान्तरणको सोच राखेर काम गर्ने जो कोहि मेरो लागि ‘जेन्टलम्यान’ ।

अहिले ‘जोनी जेन्टलम्यान’ टिम मोफसल दौडाहमा छ । एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेको यस सिनेमामा  विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ ।

रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा/संवाद छ ।