उमेश र कविताको कथा, ‘बोबी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - रियल जोडीको रियल कथामा निर्मित 'बोबी'को ट्रेलर रिलिज भएको छ । सत्यकथामा आधारित सिनेमा भएपनि ट्रेलरलाई व्यावसायिक बनाइएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित सिनेमाले नर्वेका एनआरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयबस्तु बनाएको छ । जहाँ यी दुवैको प्रमुख भूमिका छ । दुबै जनाको प्रेम, संघर्ष…