‘अदालत’को पहिलो गीत ‘मिठो बोली’मा रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन २४ गतेबाट अलनेपाल प्रदर्शनको तयारीमा रहेको सिनेमा 'अदालत'को पहिलो गीत सार्वजनिक गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा समावेश रोमान्टिक गीत ‘मिठो बोली’ समाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको छ । रोशन वान्तवा राईको संगीत, दिनेश लिङ्देनको शब्द रहेको गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर…