बलिउड सिनेमा ’इन्डियाज मोस्ट वान्टेड’को टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - नेपालमा छायाँकन गरिएको बलिउड सिनेमा ’इन्डियाज मोस्ट वान्टेड’को टिजर सार्वजनिक गरिएको छ । सिनेमा निर्माण युनिटले पोखरामा केहीदिन सेट लगाएर नै सिनेमाको छायाँकन गरेको थियो । पछिल्लो समय यो सिनेमामा नेपाली कलाकारको पनि अभिनय रहने चर्चा थियो । टिजरमा बलिउड अभिनेता अर्जुन कपुरसँगै पुलिसको वर्दीमा नेपाली कलाकार देख्न सकिन्छ ।…