मिस्टर झोले: पाँच दिने कलेक्सन सार्वजनिक, दर्शक उत्साह उस्तै

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मिस्टर झोले’ले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ । वितरक गोविन्द शाहीले सिनेमाको पाँच दिने ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जुन कलेक्सनलाई राम्रो मान्न सकिन्छ । पहिलो दुई दिनमा सिनेमाले १ करोड १० लाख कलेक्सन गर्न सफल भयो । यसमा उपत्यकाबाट ७० लाख र…