विवाह अघिको मेहेन्दी उत्सवमा प्रफुल्ल निता (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । निताको मेहेन्दी उत्सवमा परिवार नजिकका साथीहरुको उपस्थिति रहेको थियो । नीताको मेहेन्दी उत्सवमा अभिनेत्री रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए…