गोपीकृष्णको नयाँ सिनेमा ‘माइकल अधिकारी’ घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ - गोपीकृष्ण मुभिजले नयाँ सिनेमा निर्माण घोषणा गरेको छ । उसले सेरोगेसी (भाडाको काख) मुद्दामा बन्ने सिनेमा 'माइकल अधिकारी' घोषणा गरेको हो । कोखलाई भाडामा लगाएर बच्चा जन्माउने पद्दतिलाई 'सेरोगेसी' भनिन्छ । यो मुद्दामा यसभन्दा अगाडी सिनेमा 'कारखाना' पनि निर्माण भैसकेको छ । रञ्‍जित रौनियारको लेखन तथा निर्देशनमा बन्ने सिनेमालाई निरक पौडेलले…