घरमै मृत भेटिए कलाकार क्षेत्री

द सिनेमा टाइम्स, काठमाडौँ –कलाकार दीपक क्षेत्री ५८ वर्षको  उमेरमा आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत छोरीसँग देश बाहिर भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ । ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’…