सेन्टी भाइरस गीत: ‘फनफनी’मा अञ्जलीदेखि दयाहाङसम्मको नृत्य

 द सिनेमा टाइम्स, काठमाडौँ:- धुर्मुस-सुन्तलीको प्रस्तुति सिनेमा 'सेन्टी भाइरस'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'फनफनी' बोलको गीतमा मोडल अञ्जली अधिकारीले नृत्य पस्केकी छन् । शंकर बिसीले कोरियोग्राफी भरेको गीतमा अञ्जलीसँगै दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङलगायतका कलाकारले पनि कम्मर मर्काएका छन् । शंकर थापा स्माइलको संगीतमा बनेको गीतमा…