‘क्याप्टेन’को ‘रहर छ सँगै’ गीत बिहीबार रिलिज हुने !

‘क्याप्टेन’को ‘रहर छ सँगै’ गीत बिहीबार रिलिज हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बिहीबार वर्षकै प्रतिक्षीत सिनेमा ‘क्याप्टेन’को पहिलो ‘रहर छ सँगै….’ बोलको गीत सार्वजनिक गरिँदै छ । सुपरस्टार अभिनेता अनमोल केसी अभिनीत सिनेमाको पहिलो गीतलाई लिएर निर्माता भुवन केसी, निर्देशक दीवाकार भट्टराई, संगीतकार अर्जुन पोखरेल, गायिका अन्जु पन्त, सुगम पोखरेल लगायतको सम्पुर्ण टिम उक्त गीतलाई लिएर उत्साहित छन् ।

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले निर्माण गरेका हुन् । सिनेमाका लेखक तथा निर्देशक दीवाकर भट्टराईको रहेको छ । अनमोल केसी पहिलो पटक ‘क्याप्टेन’मा फुटबल खेलाडीको रुपमा सिनेमाको पर्दामा देखिँदैछन् ।सिनेमामा अनमोल केसीका अलवा डेब्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रियंका एभी, सुनिल थापा, प्रशान्त ताम्राकार, राजाराम पौडेल, सरोज खनाल, विल्सन बिक्रम राई, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । क्याप्टेनमा कथा सामिप्य राज तिमिल्सेना, कोरियोग्राफी कविराज गहतराज, संगीत अर्जुन पोखरेल, छायाँकन नवराज उप्रेती, द्धन्द्व चन्द्र पन्त, डिओपी सुदीप बराल, सम्पादन दीर्घ खड्काको रहेको छ ।