फागुन १७ गते रिलिज हुने भयो अनमोलको ‘क्याप्टेन’

फागुन १७ गते रिलिज हुने भयो अनमोलको ‘क्याप्टेन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – दीवाकर भट्टराईको निर्देशन र सदाबहार नायक भुवन केसी निर्मित सिनेमा ‘क्याप्टेन’को प्रदर्शन मिति फाइनल गरिएको छ । अब यो सिनेमा फागुन १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउने छ । ‘क्याप्टेन’ पटक पटक विभिन्न मितिमा प्रदर्शन हुने हल्ला चले पनि सिनेमाको अफिसियल प्रदर्शन मिति भने निर्माण टिमले खुलाएको थिएन् ।

निर्माता भुवन केसीले सिनेमा फागुन १७ गते सिनेमा प्रदर्शन हुने बताए । द सिनेमा टाइम्ससँग कुरा गर्दै भुवनले भने यो हाम्रो फाइनल प्रदर्शन मिति हो । हामिलाई भिएफएक्समा केहि समय लाग्ने र भिएफएक्स गर्ने टिमले त्यो डेटसम्ममा सम्पुर्ण काम सक्ने कन्फर्म भएकाले यो मिति हाम्रो लागी सवैभन्दा उपयुक्त भएकाले फागुन १७ लाई लक गरेको निर्माता भुवन केसीले बताए ।

‘क्याप्टेन’मा सुपरस्टार अनमोल केसीले पहिलो पटक फुटबल खेलाडीको भुमिकामा देखिँदै छन् । महाशिव रात्रीको अवसरमा रिलिज हुने सिनेमामा अनमोलको अपोटिजमा दुई नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।