‘क्याप्टेन’ पोस्टर सार्वजनिक, बिहीबार गीत रिलिज हुने

‘क्याप्टेन’ पोस्टर सार्वजनिक, बिहीबार गीत रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं सुपरस्टार नायक अनमोल केसी अभिनीत क्याप्टेनको पोस्टर रिलिज गरिएको छ । सिनेमाका सार्वजनिक दुई पोस्टरमा सिनेमाको प्रदर्शन मिती फागुन १७ लेखिएको छ । दुई मध्य एक पोस्टरमा अभिनेता अनमोल केसी हातमा फुटबल लिएर स्टेडियममा उभिएका छन् । भने अर्को पोस्टरमा अनमोलको साथमा चर्चित दुई खलपात्र सुनिल थापा र प्रशान्त ताम्राकारलाई समेत स्थान दिइएको छ । फागुन १७ गते रिलिज हुनेमाको पहिलो गीत आगामी बिहिबार सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले निर्माण गरेका हुन् । क्याप्टेनमा निर्देशकको जिम्मेवारी टेक्नीकल रुपमा बलियो सिनेमा निर्माण गर्ने निर्देशकाको रुपमा चिनीएका दीवाकर भट्टराईले गरेका हुन् । क्याप्टेनबाट नेपाली सिनेमा क्षेत्रमा दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दै छन् ।

सिनेमामा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एमभीका अलवा विल्सन बिक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । क्याप्टेनमा कथा सामिप्य राज तिमिल्सेना, कोरियोग्राफी कविराज गहतराज, संगीत अर्जुन पोखरेल, छायाँकन नवराज उप्रेती, द्धन्द्व चन्द्र पन्त, डिओपी सुदीप बराल, सम्पादन दीर्घ खड्काको रहेको छ ।