‘बटरफ्लाई’ शिर्ष गीत

‘बटरफ्लाई’ शिर्ष गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पौष २८ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘बटरफ्लाई’को शिर्ष गित सार्वजानिक गरिएको छ । गीतमा आर्यन अधिकारी र प्रियंका कार्की लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । यसअघि सार्वजानिक गीत र ट्रेलरबाट दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छेकोमा निर्माण टिमले शिर्ष गीत रिलीज गरेको जनाएको छ ।

ओमप्रतिक गुरुङको निर्देशनमा बनेको सिनेमाका कार्यकारी निर्माता रमेश प्रजापति हुन । सिनेमामा पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदीले लगानी गरेका छन् । भने, सुरेश बज्रार्चायले ‘बटरफ्लाई’ छायाँकन गरेका हुन । सिनेमामा आर्यन र प्रियंकाका अलावा अपर्ण थापा, पुरन थापा, सुष्मा कार्की, सुरविर पन्डित लगायतका कलाकारको मुख्य भुमिका छ ।