बटरफ्लाई: प्रियंका र आर्यनले अब गीत नगाउने !

बटरफ्लाई: प्रियंका र आर्यनले अब गीत नगाउने !

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौँ पुष २८ गते रिलिज हुने सिनेमा ‘बटरफ्लाई’को दोस्रो गीत सार्वजनिक गरिएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङ गीतमा सुरेश बज्राचार्यको छायाँकनले मन लोभ्याउछ ।

अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको ‘म गाउदिन अब…’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । गीतमा कोरियोग्राफीको पाटो कविराज गहतराजले सम्हालेका छन् ।

ओम प्रतिक (गुरुङ)को लेखन तथा निर्देशन रहेको सिनेमामा आर्यन र प्रियंकाका अलावा अर्पण थापा, रविन्द्र खड्का, सुस्मा कार्की लगायतका कलाकारको अभिनय छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई’ (कलर्स अफ लभ)मा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रुपमा रहेका छन् । सरोज शाह र मन्दील श्रेष्ठ सहनिर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।