कस्तो चल्यो ‘बटरफ्लाई’ ?

कस्तो चल्यो ‘बटरफ्लाई’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुकबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बटरफ्लाई’ले दर्शकको औसत साथ पाएको छ । सिनेमाको व्यापारलाई लिएर निर्माण टिम सन्तुष्ट छन् । निर्देशक ओमप्रतिक गुरुङ भन्छन ‘जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ, गुरुङले भने, ‘वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा फिल्मप्रति दर्शकको थप साथ बढ्नेछ ।’,

प्रियंका कार्की, आर्यन अधिकारी, अर्पण थापा मुख्य भूमिकामा अभिनित सिनेमाले दर्शक तथा समिक्षकबाट मिस्रित प्रतिक्रिया पाएको थियो । एक तर्फी माया गर्ने प्रेमी र त्यसको कारण दुई प्रेमीको जीवनमा आईपर्ने घटनालाई मुख्य विषयबस्तु बनाएको सिनेमालाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् ।

ओमप्रतिक गुरुङकै लेखन रहेको सिनेमामा आर्यन र प्रियंका, अर्पणका अलावा रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित, राम बुढाथोकी र माधव पण्डितको अभिनय छ ।

सिनेमामा सुरेश बज्राचार्यको छायाँकन, अर्जुन पोखरेल/विकाश चौधरी/दीपक शर्माको संगीत, अर्जुन जिसी/मन्दील श्रेष्ठको सम्पादन र कुमार महर्जनको द्वन्द छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई – कलर्स अफ लभ’मा पुष्पाञ्जली अधिकारी (सख), रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी छ ।