फ्ल्यास मोब शैलीमा ‘बुलबुल’को पहिलो गीत ‘खुद्राखाद्री माया’ रिलिज

फ्ल्यास मोब शैलीमा ‘बुलबुल’को पहिलो गीत ‘खुद्राखाद्री माया’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – फागुन ३ गते रिलिज हुने सिनेमा ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार निर्माण टिमले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकै साथ गीत सार्वजनिक गरेको हो । काठमाडौं मलमा दर्शकसँगै स्वस्तिमा र मुकुनले पनि नाचे । सार्वजनिक ‘खुद्राखाद्री माया…’ बोलको गीतमा सिनेमाका मुख्य कलाकारद्धय स्वस्तिमा खड्का र मुकुन भुषाललाई फिचर्ड गरिएको छ ।

कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । भने उक्त गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । विनोद पौडेलको निर्देशन रहेको सिनेमालाई अविरल थापाले निर्माण गरेका हुन् ।

अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक टेम्पो ड्राइभरको भुमिकामा काम गरेकी छन् । सिनेमामा स्वस्तिमा खड्का र मुकुन भुषालका अलवा बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।