एकै समयमा पाँच सहरबाट रिलिज गरिने ‘बुलबुल’को गीत

एकै समयमा पाँच सहरबाट रिलिज गरिने ‘बुलबुल’को गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – फागुन ३ गते रिलिज हुने सिनेमा ‘बुलबुल’को गीत भिन्न शैली रिलिज गर्ने सोच निर्माण टिमले बनाएको छ । अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भुमिकामा काम गरेको सिनेमा ‘बुलबुल’को गीत फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ । उक्त शैलीमा दर्शकको भिडमा रहेका कलाकार गीत बजेसँगै अचानक एकजुट भएर नाच्न थाल्छन् ।‘खुदाखुद्री’ बोलको गीतलाई एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो । निर्माण टिमले जानकारी गराए अनुसार सिनेमाको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ । १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् ।

काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने सिनेमाकी नायिका स्वस्तिमा खडका र नायक मुकुन भुसालले कोरस कलाकारसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युटयुब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

सिनेमामा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।