आनाकानी गर्ने हललाई कानुनी दायरामा ल्याइने: निकिता पौडेल

आनाकानी गर्ने हललाई कानुनी दायरामा ल्याइने: निकिता पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बक्स अफिस सिस्टम लागू गर्न आलटाल गर्ने हल संचालकहरुलाई कानुनि दायरामा ल्याउने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले जनाएकी छन् । बक्स अफिस सिस्टम कुनै पनि हालतमा लगाउने अध्यक्ष बताउछिन । तर, केहि हल संचालकहरुले आनाकानी गर्दा निर्धारित समयमा बक्स अफिस सुचारु हुन् सकेको छैन ।

हल संचालकहरुको सहमतिमा बैशाख १ गते नै बक्स अफिस जोडिने सेड्युल थियो । ३/३ पटकसम्म अफिसियल पत्राचार गर्दा पनि केहि हलहरुले अटेरी गरेपछि, बोर्ड कानुनी रुपमा अगाडी बढ्न लागेको निकिताले बताइन ।

बक्स अफिस सिस्टमले सिनेमा व्यापारको यकिन तथ्यांक निकाल्छ । यसले निर्माता, हल संचालक र राजश्व विभागलाई पनि प्रत्यक्ष रुपमा साहयोग पुर्याउछ ।