राजधानीका २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागु

राजधानीका २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – राजधानीका २० वटा हलहरुमा ई टिकेटिङ सिस्टम, बक्स अफिस प्रणाली लागु भएको छ । साउन १ गते मंगलबारदेखि राजधानीका ११ वटा मल्टिप्लेक्स सहित २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागु भएको हो ।

चलचित्र विकास वोर्ड, चावाहिल कार्यालयमा बक्स अफिसको औपचारिक उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले यही मसान्त भित्रिमा राजधानी बाहिरका हलहरुमा समेत बक्स अफिस प्रणाली लागु भैसक्ने बताए । ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए’, मन्त्री बाँस्कोटाले भने, ‘सपना साकार हुन्छ भन्ने प्रमाण यही हो ।’ यस्तै मन्त्री बाँस्कोटाले हलहरुको वर्गीकरण हुने पनि बताए ।

‘सबै हलहरुमा बक्स अफिस लाग्छ । छाप्रोमा लगाएर त भएन रु त्यसैले हलहरुको वर्गीकरण पनि हुनेछ’, मन्त्रीले भने । यस्तै विदेशी उत्पादनको विज्ञापनमा नेपाली कलाकार राखिने प्रावधान पनि छिट्टै ल्याइने सोही कार्यक्रममा मन्त्रीले बताए ।

‘बक्सअफिस’ शब्दको प्रयोग सिनेमा र थिएटरको विजनेशका लागि हुने गर्छ । ‘बक्सअफिस’ वा ‘टिकट अफिस’, त्यो ठाउँलाई भन्छिन्, जहाँबाट सिनेमा हल वा थिएटरमा पस्नका लागि टिकट आवश्यक पर्छ । त्यही टिकटको बिक्रीको आधारमा ‘बक्सअफिस’ को कमाई निर्धारण हुन्छ ।

प्रत्येक सिंगल र मल्टिप्लेक्स हलमा कम्प्युटरजडिन भएपछि सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउने गर्छ । यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्नेछन् । नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटर जडित बक्स अफिस सञ्चालन गरिरहेको भएता पनि सिंगल थिएटरमा यो प्रयोगमा थिएन ।